जापानको १४ शहरमा ह्रस्व दीर्घ प्रदर्शन हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

निता ढुँगानाको चलचित्र ‘ह्रस्व दीर्घ’ जापानको १४ शहरमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले एक पोष्टर जारी गर्दै विभिन्न मितिमा जापानको १४ शहरमा यो चलचित्र प्रदर्शन हुन लागेको जनाएको छ । नेपाल र भारतका कलाकारको अभिनय रहेको यो चलचित्र जापानको टोकियो,नारिता,नागोया, फुकुओका,ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत विभिन्न चौध शहरमा विक्री भईसकेको निर्माता एवम् अभिनेत्री निता ढुँगानाले बताएकी छिन् ।
ह्रस्व दीर्घलाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

 

यो चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । ह्रस्व दीर्घलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।