मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको उपाधी निमिशा, ममिषा र प्रज्ञानले जिते


ब्युटी न्युज नेपाल
इटहरी, १७ कात्तिक

इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनालेमा मिस लिटिल पुर्बेली तर्फ निमिशा आचार्य, मिस लिटिल किड्स तर्फ ममिषा चौधरी र मिस्टर लिटिल पुर्बेली तर्फ प्रज्ञान शाक्यले उपाधी पाएका छन् ।

प्रतियोगितामा विजेताहरुले ३०/३० हजार नगदसहित आकर्षक पुरस्कार प्राप्त गरेका छन् । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजना रहेको प्रतियोगिताको फाइनलमा ५५ जना बालबालिकाले सहभागी जनाएका थिए ।

ग्रान्ड फिनालेबाट प्रतियोगिताको मिस लिटिल पुर्बेली तर्फ निजा आचार्य फर्स्ट रनरअप, सेल्मा नर्साल तामाङ सेकेन्ड रनरअप र गृष्मा कटवाल अर्गनाइजर च्वाइक बन्न सफल भइन् । यता मिस लिटिल किड्स तर्फ श्रेया लिम्बू फर्स्ट रनरअप बन्दा अस्मिका खड्का सेकेन्ड रनरअप बन्न सफल भईन् भने प्रिन्सा खत्री अर्गनाइजर च्वाइस बनिन् । यस्तै मिस्टर लिटिल पुर्बेली तर्फ आषिक बस्नेत फर्स्ट रनरअप बन्न सफल भए भने ग्राण्ड फिनालेबाट सन्जिब श्रेष्ठ सेकेन्ड रनरअप र प्रतीक थापा अर्गनाइजर च्वाइस बन्न सफल भएका छन् ।

मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको ग्रान्ड फिनालेमा मोडल रुषा न्यौपाने, मिस्टर नेपाल २०२४ का फर्स्ट रनरअप आदेश प्रधान, डाक्टर शोभा गुप्ता र उद्धमी रक्तिम जोय निर्णायकको रुपमा रहेका थिए । यो प्रतियोगिताको पहिलो अडिसनमा ८० र दोश्रो अडिसनमा ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरेकी थिइन् ।