ब्युटी न्युज नेपाल
काठमाडौं, १५ कात्तिक
तिहारको अवसर पारेर बिहिबारबाट चलचित्र पुर्ण बहादुरको सारंगी देशव्यापी चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्र बिदेशमा भने अर्को हप्ताबाट रिलिज हुनेछ । चलचित्रले पहिलो दिन राम्रो दर्शक पाएको छ । दर्शकले चलचित्रलाई निकै मन पराएको यसका निर्देशक सरोज पौडेलले बताएका छन् । चलचित्रको शनिबार पनि राम्रो बुकिङ भईरहेको निर्देशक पौडेलले बताए ।
यो चलचित्र दलित परिवारका एक बाउले आफ्नो छोरालाई शिक्षा दिनको लागि तात्कालिन समाजसँग गरेको सँघर्षको कथामा आधारित छ ।
यो चलिचत्रमा विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, प्रकाश सपुत, देशभक्त खनाललगायतका कलाकारको यो चलचित्रमा शिर्ष भूमिका रहेको छ ।
’पुर्ण बहादुरको सारंगी’ सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्। सिनेमा गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ ।