डेनिलाले चुमिन मिसेस नेपाल वल्र्डको ताज


सुयशा मिसेस नेपाल इन्टरनेशनल र रेश्मा एमएस नेपाल इन्टरनेशलन घोषित

ब्युटी न्युज नेपाल
काठमाडौं, १० कात्तिक

विवाहित महिलाहरुको प्रतियोगियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुमेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक एवम् माईतिनेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हाँसिल गरेकी हुन् । उनले उपाधिसँगै एउटा स्कुटर, आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वाल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हाँसिल गरेकी छिन् ।

प्रतियोगितामा मिसेस नेपाल वल्र्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हाँसिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भागलिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए ।

रेश्मा घिमिरे

सोही समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुषाललाई बिगत ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान दिएको भन्दै मिसेस नेपाल वल्र्ड मानार्थ सम्मान २०२४ बाट सम्मानित गरियो । माईतिनेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेकी हुन् ।

सो क्रममा मानार्थ सम्मान अघि बसुन्धरा भूषालको सम्मानमा उनका आधादर्जन गीतहरुमा नृत्य प्रस्तुति गरिएको थियो । हास्य साम्राज्ञी भूषालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनका टिमले भूषालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरे । मिसेस नेपाल वल्र्ड मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको चरित्र अभिनेत्री बसुन्धराले कार्यक्रममा बताईन् ।

विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शिर्षकमा उपाधि पनि प्रदान गरियो । जसमा मायाँ लामाले पब्लिक च्वाईस, फेसबुक च्वाईसहितको उपाधि, नानु सिंहले भिवर्स च्वाईस, मोष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाईस्, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकोन, सुसिला केसी दाहालले मोष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्याले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस उपाधि प्राप्त गरे ।

यो प्रतियोगिताको मुख्य निर्णायकमा अुनरोधा कोईराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदार प्रसाद घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।

सेसेमी लिम्बुले सञ्चालन गरेको सो ग्रान्ड फिनाले समारोहमा सञ्चारकर्मी ऋषी धमलाले यो उपाधिले नेपाली महिलाहरुलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय प्लेटफर्मसम्म पु¥याउँदै उनीहरुको व्यक्तित्व विकाशमा निरन्तर योगदान दिएको भनाई राखे ।

कार्यक्रममा गायक आर्जन पाण्डेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रममा संगीतमय तुल्याएका थिए । यो प्रतियोगितालाई अश्विनी कान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सह कोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले ब्यबस्थापन गरेका थिए ।

शब्द तस्बिर : सरिता भारती,