पूर्णबहादुरको सारँगीबारे प्रकाश सपुतको यस्तो जवाफ


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

यही १५ कात्तिकमा रिलिज हुने नेपाली चलचित्र पूर्णबहादुरको सारँगीका निर्माता बिनोद पौडेल र अभिनेता प्रकाश सपुतबीच पछिल्लो समय सम्बन्ध चिसो भएको थियो । सो कुरा निर्माता पौडेलले यो चलचित्रको ट्रेलर रिलिज समारोहमा बनाएका थिए । चलचित्रको ट्रेलर रिलिजको लागि आफुहरुले फोन गर्दा सम्पर्क गर्दा प्रकाश सपुतले फोन नउठाएको निर्माता पौडेलले बताएका थिए । चलचित्र पूर्णबहादुरको सारँगीको ट्रेलर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै अभिनेता प्रकाश सपुतले आफुमाथि लागेका आरोपको फेसबुकमा स्टाटस लेखेर यसरी खण्डन गरेका छन् ।

‘पहिलो चलचित्र परदेशी २ लाई मैले करिब ४ वर्ष पर्खिएको थिए । त्यस बिचमा अवसर पाएर पनि मैले अरु कुनै चलचित्र गरिन ! साथै आफुले सोचेको भन्दा अर्कै समयमा चलचित्र रिलिज हुने भएर पनि मैले आफ्नो व्यवसायिक संगित करियरको एउटा मोडलाई चटक्कै छोडेर चलचित्रलाई मनै देखि दर्शकहरु सम्म लिएर गए र दर्शक को माया पनि पाईयो । मलाई मेरो पेशाको प्रकृति र कर्तव्य थाहा छ । मैले त राम्रा कथाहरु डिटेलमा भन्न पाईयोस भनेर चलचित्र कर्म रोजेको हो ।

नत्र नेपाली दर्शक स्रोता बाट यो जुनिलाई पुग्ने माया, शुभेच्छा र आशिर्वाद मैले संगित मार्फत पाईरहेको छु । हिरो बन्ने रहर पनि परदेशी २ बाट पुरा भई नै हाल्यो । खासमा हाम्रो चलचित्र बसन्त का निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्राण्हरु संग परदेशी २ पछि बसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ ।

यो बिचमा थुप्रै निर्माता निर्देशकहरुहरुले आफ्नो चलचित्रमा काम गराउन चाहानु भएको छ तर मैले ‘मलाई केहि समय चाहिन्छ है ‘ भने पछि केहि ले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनु भएको छ । केहि ले ‘ल फेरी गरौला ‘ भनेर अरु विकल्प सोचिसक्नु भएको छ । म यतिखेर उहाहरु सबै संग लज्जित छु । किनकि टिम वर्कमा एउटा मान्छे बैमानीमा पर्दा उसंग जोडिएका अरु थुप्रै मानीसहरुलाई धोका हुन्छ । मैले पुर्ण बहादुरको सारंगीकालागि कुनै शर्त राखेको थिईन । मैले त उहाँहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ !

जेहोस, पुर्ण बहादुरको सांरगि राम्रो कथामा बनेको छ । मैले राम्रो भएर नै मनै देखि काम गरेको हु । बिजय बराल, मुकुन भुषाल जस्ता जिवन्त कलाकार संग काम गर्न मनै देखि खुसी थिए र मनै देखि दर्शक सम्म लिएर जाने रहर थियो । तर चलचित्र अचानक प्रदशन हुने भय पछि म सरप्राईज भए । म संग लडीबस्ने बस्ने ईनर्जि भएन । मैले केहि भन्न सकिन । यतिखेर म बसन्तको छायांकनमा छु । यसको सम्पुर्ण  जिम्मेवारी आफ्नै काधमा भएकोले समय मिलाउन अलि गार्हो भएको छ र मानसिक रुपमा पनि अरु सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जागर गर्ने कलाकार पनि होईन । भुमिका का हिसाबले पनि सारंगिमा मेरो भारी अलि कम छ जति अरुको छ ।
खैर, मान्छेहरुको व्यवहार जस्तो भए पनि आफ्नो कामको माया लाग्छ । कार्तिक १५ मा रिलिज हुने भए पछि अब यो चलचित्र शर्त र सम्झौताहरु बाट बाहिर निस्केर हामी सबैको भयो । अझै बढि दर्शकहरुको भयो । तपाईहरुको भयो । म यो कथा र आफ्नो पात्र ‘कमले’ लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु । पुर्ण बहादुरको सारंगी जस्तो कथाहरु संग जोडिन पाईराखौ । कमले जस्तो सामान्य पात्र भएर ‘बा’ को सपना बाच्न पाईराखौ । तर पर्दामा यस्तो सपना, संघर्ष र ईमान को कथा बनाएर बाहिर चाहि अरुको सपना, संघर्ष र ईमान माथी बेईमानी र बदनामी गर्नेहरु संग चाहि फेरी जोडिन नपरोस । कम्तिमा मर्यादित बनौ । अर्को कुरा सिर्जना , दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दम ले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भ ले होईन । म यो कुरामा सधै स्पस्ट छु ।

अन्तमा, यो नै अन्तिम स्पस्टिकरण हो है । अब सार्वजनिक रुपमा शर्त, सम्झौता र नकरात्मकताको कुरा गरिने छैन । अब सकरात्मक ढंगले पुर्ण बहादुरको सांरगि को प्रमोशन गरिनेछ ! सबैको मनमा मिठो धुन बजाईनेछ ।’