चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ’टिमिक्कै चोली’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ १ कात्तिक

नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’ यही २२ कात्तिकबाट रिलिज हुने भएको छ । यो चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा यसको आइटम गीत ’टिमिक्कै चोली’ आज सार्वजनिक गरिएको छ । यो आइटम गीतको भिडियोमा ’टिमिक्कै चोली’ मा मोडल अलिशा शर्माले नृत्य गरेकी छन्। नबिन भट्टको डेब्यु निर्देशन रहेको चलचित्रको गत साता शिर्ष गीत सार्वजनिक गरिएको थियो । यो गीत गायिका अनु चौधरीको स्वरमा रहेको छ । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण संगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्। छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माता अधिकारी बिस्वस्त छन् ।

यस चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। चलचित्रलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।

चलचित्र ‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।