पहिलो सातामा छक्का पञ्जा ५ ले गर्यो नेपालमा ११ करोड ५० लाखको व्यापार


फुलपाति र अष्टमीको दिन दैनिक २ करोडको दरले व्यापार गरेको यो चलचित्रले दुई दिनमा चार करोड र तेश्रो अर्थात टिकाको दिन १ करोड व्यापारसहित तीन दिनमा ५को व्यापार गरेको थियो ।त्यसपछि बाँकी चार दिन हिजोसम्म ६ करोड ५० लाख भन्दा माथिको व्यापार भएको उनले बताएका छन् । यसरी यो चलचित्रले पहिलो साता नेपालबाट ११ करोड ५० लाखको  ग्रस व्यापार गरेको छ ।

………………………………………………………………………………………………………………………………………………………………….

ब्युटी न्युज नेपाल
काठमाडौ, १ कात्तिक

फुलपातिको दिन २४ कात्तिकमा रिलिज भएको नेपाली चलचित्र छक्का पञ्जा ५ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । दोश्रो सातामा पनि यो चलचित्रले उत्साहजनक शोहरु पाएको छ । छक्का पञ्जा ५ ले रिलिज भएको पहिलो साता अर्थात ७ दिन बुधबारसम्म नेपालको बक्स अफिसबाट ११ करोड ५० लाखको  ग्रस व्यापार गरेको यसका वितरक मनोज राठीले मिडियालाई आज बताएका छन् ।

फुलपाति र अष्टमीको दिन दैनिक २ करोडको दरले व्यापार गरेको यो चलचित्रले दुई दिनमा चार करोड र तेश्रो अर्थात टिकाको दिन १ करोड व्यापारसहित तीन दिनमा ५को व्यापार गरेको थियो ।

त्यसपछि बाँकी चार दिन हिजोसम्म ६ करोड ५० लाखको भन्दा माथिको व्यापार भएको उनले बताएका छन् । यसरी यो चलचित्रले पहिलो साता नेपालबाट ११ करोड ५० लाखको ग्रस व्यापार गरेको छ । तर यो बारे चलचित्र विकाश बोर्डले भने डाटा दिएको छैन । बोर्ड अध्यक्ष दिनेश डिसीले आगामी फागुनबाट मात्र बोर्डले बाक्स अफिसलाई व्यबस्थित गरेर त्यसपछिबाट व्यापारिक डाटा सार्वजनिक गर्ने बताएका छन् ।

एकथरी चलचित्रकर्मीहरुले दशैंमा तीन वटा चलचित्र जुधेका कारण छक्का पञ्जा ५ को व्यापारमा असर पुग्ने अशँका गरेका थिए । तर दर्शकले यसलाई पनि त्यत्तिकै रुचाएका कारण चलचित्रले दोश्रो सातामा पनि राम्रो गति लिईरहेको छ ।

यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । जसमा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार प्रसाद घिमिरे (माग्नेबुढा), प्रकाश घिमिरे, राजाराम पौडेल, मेक्सम गौडेल, तेज गिरीसहितको शिर्ष भूमिका रहेको छ ।