ब्युटी न्युज नेपाल
काठमाडौं, २९ असोज
बडादशैं २०८१ को अबसरमा नेपाल चलचित्र निर्देशक समाजले चलचित्रकर्मीहरुबीच काठमाडौंमा दशैं शुभकामना आदन प्रदान तथा सामुहिक टिका तथा जमरा कार्यक्रम आज आयोजना गरेको छ । यस अघि नेपाल चलचित्र कलाकार संघले लामो समयदेखि दशैंको कोजाग्रहत पूर्णिमा तथा त्यसको अघिल्लो दिन दशैंको शुभकामना तथा सामुहिक टिका जमरा कार्यक्रम आयोजना गर्दै आएको थियो । तर नेपाल चलचित्र निर्देशक समाजले यसपटक दशैंको शुभकामना कार्यक्रम गरेको हो ।
नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रमको अतिथिहरुमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला चलचित्र विकाश बोर्डका पूर्व अध्यक्षहरु कृष्ण मल्ल, राजकुमार राई, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्देशक राजेन्द्र सलभसहित विभिन्न अग्रज सिनेकर्मी थिए ।
कलाकार घनश्याम खतिवडाले सञ्चालन गरेको सो कार्यक्रममा आयोजकका तर्फबाट गायिका तथा सञ्चारकर्मी सरिता भारतीले अतिथिहरुलाई खादालगाएर स्वागत गरेकी थिईन् ।
आज भएको दशैंको टिका कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला भने उपस्थित भए । आफुले यो कार्यक्रम गर्नुपर्छ भन्दा कलाकार संघका पदाधिकारीले अस्विकार गरेपछि निर्देशक समाजबाट कार्यक्रम गरिएको उनले ब्युटी न्युज नेपालसँग स्पष्ट पारे ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले सबैलाई शुभकामना दिँदै आगामी दुई वर्षमा बोर्डद्धारा गरिने कार्यक्रमको भावी योजनाबारे कार्यक्रममा जानकारी गराए । उनले अब कुनै पनि चलचित्रकर्मीको मृत्यु हुँदा आर्थिक अभावका कारण दाह सँस्कारको लागि चन्दा उठाउनु नपर्ने र त्यसको ब्यबस्थापन बोर्डले गर्ने घोषणा गरे ।
अग्रज निर्देशक यादब खरेलले सबैलाई दशैंको शुभकामना दिँदै आफु अस्वस्थ्य भए पनि निर्देशक समाजको निमन्त्रणालाई अस्विकार गर्न नसकेर कार्यक्रममा आएको बताए ।
कलाकार संघकै निवर्तमान अध्यक्ष रबिन्द्र खड्काको संयोजकत्वमा निर्देशक समाजबाट यो कार्यक्रम भएको हो । कलाकार संघले आयोजना नगरेपछि आफु निर्देशक समाजको पनि केन्द्रिय सदस्य भएकाले निर्देशक समाजबाट यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक खड्काले बताए ।
कार्यक्रममा सबैले अग्रज सिनेकर्मीबाट टिका तथा जमरा र आर्शिवाद ग्रहण गरे । टिका लगाएबापत सिनेकर्मीलाई आर्शिबादसँगै जनही २५ रुपैयाँ दक्षिणा दिईएको थियो । केही सिनेकर्मीले दक्षिणामा रकम थपेर निर्देशक समाजलाई नै बुझाए ।
कार्यक्रममा चर्चित कलाकारको उपस्थित कम रहेपनि केही अग्रज कलाकार तथा निर्माता निर्देशकहरु भने टिका ग्रहण गर्न आए । जसमा अभिनेता एवम् द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी, नायक धिरने शाक्य, सरोज खनाल, भोलाराज सापकोटा, गोपाल ढकाल छन्दे, श्रीदेब भट्टराई, सुवास गजुरेल, कलाकार पुरण जोशी, मुकुन्द किशोर भट्टराई ,आर, पि पन्त, उत्तम केसी, रामचन्द्र अधिकारी, भिमा मैनाली, जेबी डिसी, धर्मेन्द्र आचार्य, रश्मी भट्ट, न्यान्सी खड्का थिए । यस्तै निर्देशक माधवराज खरेल, सूर्य बोहरा, राजु लामा, आयोजक सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, देबेन्द्र पाण्डे, समुन्द्र भट्ट, पत्रकार बिजय रत्न तुलाधर, शान्तिप्रिय, डब्बु क्षत्री, समिर बलामी, रघुनाथ सापकोटा, फोटो पत्रकार बद्री थापा, गायक सुमित खड्का, गायिका सरिता भारती, सहित विभिन्न निर्देशक निर्माता, गायक गायिका, सञ्चारकर्मी कार्यक्रममा उपस्थित थिए ।
फोटो : बद्री थापा, ब्युटी न्युज नेपाल