तिहारको अबसरमा अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझ हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

यो वर्षको दशैंको सांगीतिक कार्यक्रम बिर्सजनसँगै नेपाली कलाकारहरु देश बिदेशमा आउँदो तिहारको सांगीतिक कार्यक्रम एवम् देउसी भौलोको तयारीमा जुतिसकेका छन् । यसै क्रममा आउँदे दीपावलीको शुभ अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा यहि २७ अक्टुबरमा मखमली सांगीतिक साँझको हुने भएको छ ।

सोही कार्यक्रमका लागि हालै अमेरिका पुगेका अग्रज लोक दोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मालाई आयोजकले मखमली सांगीतिक सांझमा विशेष स्वागत सम्मान गर्दैछ । कार्यक्रम अक्टुबर २७ तारिखको बेलुका ६ बजे देखि १२ बजेसम्म हुनेछ ।

लोकप्रिय लोकदोहोरी अग्रज गायिका सिर्जना विरही थापाको संयोजन साथै सुप्रसिद्ध लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा मखमली सांगीतिक साँझको आयोजना हुन् लागेको हो ।त्यसैगरी अग्रज तथा कुशल दोहोरी गायक, समाजसेवी म्याग्दी सामाजका संस्थापक अध्यक्ष पारसमणि श्रेष्ठको प्रत्यक्ष दोहोरी गायन तथा सम्मान कार्यक्रम रहेको छ ।

कार्यक्रममा बरिस्ठ लोक दोहोरि गायिका डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर विसी, संगीत संयोजक तथा गायक कमल सौराग लोक प्रीय गायिका मुना थापा, गायक मोडल ,सर्जक सज्जन बोहोरा, गायक सङितकार अमृत रामदाम, लोकप्रिय लोकदोहोरी गायीका सुमित्रा लामा, चर्चित लोक दोहोरि गायक भीमसेन शाह, लोकदोहोरी गायिका गोमा गुरुङ, सङितकार सुजन रामदाम, नवनायिका मुस्कान गुरुङ र सङितकार राजेश खड्गीको प्रस्तुति रहने भएको छ ।

यो कार्यक्रममा अग्रज व्यक्तित्व पारसमनी श्रेष्ठ, सिर्जना बिरही थापा, मुना थापा, सुमित्रा लामा र गोमा गुरुङबीच कलाकारहरुको रमाइलो प्रत्यक्ष लाइभ दोहोरी हुने छ ।

सोहि समयमा उक्त लाइभ दोहोरी गीतको छायांकन समेत गरिने छ । मखमली सांगीतिक साँझ कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको फेमिली किचेन मा सम्पन्न हुदैछ । नेपाली गीत संगीत क्षेत्रका चर्चित नृत्य निर्देशक तथा मोडेल शंकर विसीद्वारा निर्देशन र छायांकन गरिने त्यस कार्यक्रमलाई नेपालका लोकप्रिय संचार माध्यमबाट प्रशारण गरिने भएको छ ।