ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असोज
नेपाली चलचित्र ‘ज्वाइँ साब’ सेन्सर पास भएको छ । यो चलचित्रले आइृतबार बेलुका केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबैले हेर्न मिल्ने ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र पाएको छ । सेबोर्डले आइतबार साँझ फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको हो ।
सेन्सर बोर्डले चलचित्र हेरेर यसलाई पास गर्दै युनिभर्सल प्रमाणपत्र दिएको यसका निर्देशक वसन्त निरौलाले बताएका छन् ,‘उहाँहरुले फिल्म उत्कृष्ट बनेको छ भनेर हामीलाई बधाई दिनुभयो । उहाँहरुबाट प्राप्त प्रतिक्रियाबाट हामी खुशी छौं’, निर्देशक निरौलाले भने ।
यो चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको यो चलचित्रको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । जसमा विजय बस्याल कार्यकारी निर्माता छन् । यो चलचित्रमा शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको द्धन्द्ध निर्देशन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको छ ।
चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।