‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत दाहिने हातैमा सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं १३ असोज

आगामी १५ कात्तिक लक्ष्मीपुजामा रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । यो गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ ।

चलचित्रका शिर्ष कलाकाको सँघर्षलाई गीतको भिडियोमा समेटिएको छ । गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । यो गीत सुनाउँदै गर्दा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको दृष्य पनि भिडियोमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।