धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएको हायसबाट १४ शब निकालियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असोज

दुई दिनदेखिको अबिरल वर्षाका कारण शनिबार धादिङको झ्याप्लेखोलामा पहिरोमा विँगर हासय बस पुरिएको छ । ससस्त्र प्रहरी बलले पहिरोमा पुरिएका १४ वटा शव निकालेको जानकारी दिएको छ ।

शनिबार साँझ ८ बजेसम्म गरिएको उद्दारमा बसमा रहेका १४ जना यात्रुहरुको शव फेला निकालिएको ससस्त्र प्रहरीले जानकारी गराए । काठमाडौं र धादिङको सीमानामा पर्ने झ्याप्लेखोलामा बिहान बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर हायस पहिरोले पुरेको सशस्त्र प्रहरीले जनाएको छ ।

ससस्त्र प्रहरीले पहिरोमा पुरिएको ३ वटा गाडीबाट ८ जना पुरुष, ५ महिला र १ बच्चा गरी १४ जनाको शव निकालेको हो । पहिरोबाट बस, विँगर हायस र भारतीय नम्बर प्लेटको मालबाहक ट्रक निकालिएको छ । त्यहाँ अहिले पनि जेसीबीबाट पहिरो हटाउने कार्य भइरहेको छ ।

कति यात्रु पहिरोमा पुरिए भन्ने यकिन हुन सकेको छैन । प्रहरीले स्काभेटरको सहयोगमा पहिरो पन्छ्याएर खोजी कार्य गरिरहेको छ ।