ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असोज
उपल्लो मुस्ताङको कालीगण्डकी किनारमा बनेको चलचित्र ‘एक्लो’ को सेटलाई बाढीले क्षति पुर्याएको छ । चार दिन अघि आएको बाढीले क्षती पुर्याएको निर्माण पक्षले जनाएको छ । दुई साताबाट यो चलचित्रको त्यहाँ छायाँकन भईरहेको थियो ।
बिज्ञान कथामा आधारित यो चलचित्रको त्यहाँ अन्तरिक्ष, रकेट प्रक्षपण केन्द्र, रकेटसहित विभिन्न सेट ४० लाखको खर्चमा तयार गरिएको थियो । सेटलाई बाढीले क्षती पुर्याएको हो । बाढीले सम्पूर्ण सेटमा क्षति पुर्याएको यसका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए। बाढीले सेट बगाउँदा निर्माण टिमलाई ठुलो आर्थिक घाटा भएको सुबेदीले बताए। बगेको सेटलाई पुन निर्माणको कार्य थालिएको पनि सुवेदीले बताए ।
प्रदीप शाहीको निर्देशनमा निर्माण भई रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन्। चलचित्रमा हलिउड कलाकार जेमी बेकम,प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एभन राज उप्रेती,कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
चलचित्र ’एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् ।