जितु नेपालसँग नेशनल किड्स अफ दि इयरका प्रतियोगीहरु


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ३ असोज

छैटौं ‘नेशनल किड्स अफ दि इयर २०२४’को फाईनल यही १७ असोज घटस्थापनाको दिन काठमाडौंको जमलस्थित नाचघरमा हुँदैछ । इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगीताका ६१ जना प्रतियोगीले काठमाडौंमा अभिनेता जितु नेपाल, हिमेश पन्तसँग अन्तरक्रिया गरेका छन् । जितु र हिमेशको चलचित्र ‘ज्वाईंसाहेब’ यही २४ असोजबाट देशव्यापी रिलिज हुने भएको छ । समारोहमा नेशलन किड्स अफ दि ईयरका बालबालिकाहरुले जितु नेपाल र हिमेश पन्तसँग अन्तरक्रिया गरे । उनीहरुले चलचित्र ज्वाईंसावको बारे पनि जितु र हिमेशसँग जिज्ञासाँ पनि राखे ।

बालबालिकाको प्रश्नको जवाफ दिँदै जितु नेपालले ज्वाईसाब रमाईलो चलचित्र भएको बताए । उनले बालबालिकालाई प्रतियोगिता जित्नु मात्र ठुलो कुरा नभएर सहभागी हुन पनि ठुलोकुरा भएको पनि सुझाब दिए । जितुले जीवनमा कसरी सफलता हाँसिल गर्ने भन्ने सुझाब पनि प्रतियोगीहरुलाई दिए ।

जितु नेपाल र हिमेश पन्तसँग साक्षात्कार गर्न पाउँदा कार्यक्रममा बालबालिकाहरु निकै खुसी भए । सो कार्यक्रममा इभेन्ट बेटर ग्यालेक्सीले चलचित्र ज्वाईंसावको केट काटेर सफलताको शुभकामना समेत व्यक्त ग¥यो ।

नेशनल किड्स अफ दि ईयरका आयोजक धिरज तण्डुकारको जन्म दिनको अबसर पारेर आयोजना गरिएको सो कार्यक्रममा प्रतियोगीहरुले केक काटेर तण्डुकारलाई पनि जन्म दिनको शुभकामना दिए ।

सिनियर र जुनियर गरेर दुई क्याटवरी यसका प्रतियोगी रहेको छन् । जसमा जुनिएरमा कक्षा १ देखि ४ सम्म र सिनिएमा ५ देखि ८ सम्म अध्यायनरत छात्रछात्रा छन् । सिनियरमा २० र जुनियरमा ४१ प्रतियोगी रहेका छन् ।

यही १७ असोजमा हुने फाईनल प्रतियोगीतामा सिनियर र जुनियर गरेर दुई शिर्ष विजेता सहित बिभिन्न उप–बिधामा समेत विजेता चयन हुनेछन् । शिर्ष दुई विजेताले २५ हजार रुपैयाँ, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी अवसरसहित बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् । अन्य विजेताले पनि बिभिन्न पुरस्कार प्रदान गरिने छ । पुरस्कृतिलाई अन्तराष्ट्रिय कार्यक्रममा जानेक्रममा सो पुरस्कारको रकम २५ हजार प्रदान गरिने आयोजक धिरज तण्डुकारले बताए ।