ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज
डेढ दशक अघि चलचित्र सानो संसार निर्माण भएको थियो । सोही नाममा नाममा यतिबेला चलचित्र सानो संसार निर्माण भएको छ । यो चलचित्र ११ असोजबाट देशव्यापी रिलिज हुने भएको छ । चलचित्र सानो संसारलाई अर्जुन कुमार र माधव वाग्लेले निर्माण गरेका हुन् ।
चलचित्र सानो संसारको बुधबार काठमाडौंमा प्रिमियर पनि राखिएको छ । मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै निर्माता अर्जुन कुमारले यसपटक आफुलाई निकै राम्रो कथामा चलचित्र निर्माण गरेको बताए ।
‘मैले यसअघि निर्माण गरेका चलचित्रहरु भन्दा कथाको हिसाबले चलचित्र सानो संसार निकै बलियो छ । बिगतमा मैले एक्सन थ्रिलर चलचित्र निर्माण गरेको थियो । सानो संसार बिशुद्ध पारिवारिक चलचित्र हो ।’ अर्जुन कुमारले पत्रकार सम्मेलनमा भने ।
बिगतका चलचित्रमा जस्तो सानो संसारमा स्टार कलाकार नभएको पनि अर्जुन कुमारले जानकारी गराए,‘चलचित्र चलाउन स्टार कलाकार अबस्य चाहिन्छ । तर चलचित्रको निर्माण र कथाबस्तु राम्रो भयो भने दर्शकले चलचित्रलाई साथ दिनुहुन्छ ।’ त्यसैले स्टार कलाकार नभए पनि यसको कथा तथा प्रस्तुति प्रभावशाली भएकाले दर्शकको साथ पाउने यी निमाताको भनाई छ ।
‘सँधै स्टार कलाकारसँग मात्र काम गर्ने हो भने नयाँ कलाकार कसरी जन्मन्छन त ? सोही कारण पनि यसपटक हामीले सबै नयाँ कलाकारसँग सानो संसारमा काम गरेका हौं ।’ यसमा नयाँ कलाकार मात्र हुनुकोबारे अर्जुन कुमारले यसरी प्रकाश पारे ।
चलचित्र निर्माण हुनु अघि सानो संसार वेभ सिरिजको रुपमा आईरहेको थियो । त्यो निकै लोकप्रिय थियो । सानो संसारको लोकप्रियता देखेर पनि आफुलाई यसलाई कथा बिस्तार गरेर चलचित्रको रुपमा तयार पारेको पनि निर्माता अर्जुन कुमारले प्रकाश पारे ।
यो चलचित्रलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । चलचित्रको लागि पुडासैनीको यो डेब्यु निर्देशन हो । तर उनको काम राम्रो भएको पनि निर्माता अर्जुन कुमारको दाबी छ । सानो संसारमा सीतादेबी तिमल्सिना, अन्जना, राज पंगेनी शर्मा, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतमलगायतको शिर्ष भूमिका छ ।