मनाईयो काजल क्रियसनको १० औं वार्षिक उत्सब


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ५ असोज

फेशन डिजाईनर काजल शर्माले ललितपुरको कुपण्डोलमा सञ्चालन गरेको बुटिक ‘काजल क्रियसन’को १० औं वार्षिक उत्सब मनाईएको छ । २०७१ सालमा स्थापना गरिएको काजल क्रियसनले बिगत एक दशकदेखि फेशन पारखीहरुलाई उत्कृष्ट फेशन डिजाईन मार्फत सेवा दिँदै आएको छ ।

काजल क्रियसन बुटिकमा एक कार्यक्रम आयोजना गर्दै १० औं वार्षिक उत्सब मनाईएको छ । फेशन डिजाईनर काजल शर्माले आफ्नो जन्मदिनको अबसर पारेर काजल क्रियसन स्थापना गरेकी हुन् ।

सो समारोहमा फेशन डिजाईनर काजलको जन्म दिन र काजल क्रियसनको १० औं वार्षिक उत्सब केक काटेर मनाईयो ।

समारोहमा चलचित्र छक्का पञ्जा सृँखलाकी निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, रश्मिलाज फेशियल हाउसकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन रश्मिला श्रेष्ठ, ब्यबसायी प्रकाश कुमार श्रेष्ठ, मिसेस हिमालयन निकिता पाण्डे, व्यबसायी बसन्ती अधिकारीलगायतले काजल क्रियसनलाई १० औं वार्षिक उत्बसको शुभकामना दिए ।