खुस्मालाई मन पराए दर्शकले, बिहानैबाट राम्रो एक्युपेन्सी


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

संविधान दिवसको अवसर पारेर आज बिहीबारबाट चलचित्र खुस्मा देशब्यापी प्रदर्शनमा आएको छ । खुस्माले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको यसका निर्देशक अशोक थापामगरले जनाएका छन् ।

निर्देशक अशोकका अनुसार सिनेमाको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यपारको सुरुवात गरेको थियो । दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको छ । यस्तै धेरै शोहरु हाउसफूल भएका छन् ।

सनेमाले हाउसफूल सुरुवात गरेपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । सिनेमाले काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा सिनेमाको बिहानी शोबाट नै दर्शकको चाप हलमा देखिएको निर्देशक तथा निर्माता अशोक थापा मगरले बताए ।

यस्तै, बिहीबार सिनेमा हरेका अधिकांश दर्शकले सिनेमाको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् । जसको प्रत्यक्ष फाइदा भोली शुक्रबारलाई मिल्ने निश्चित देखिएको छ । सिनेमा हलमा अनलाइन टिकट बुकिङ साइट हेर्दा पनि दर्शकले तिब्र गतिमा टिकट किनिरहेको देख्न सकिन्छ । जसले गर्दा सिनेमालाई संविधान दिवसको फाइदा राम्रै भएको बुझिन्छ ।

भोली शुक्रबारका लागि देशभरका मल्टीप्लेक्सदेखि सिगंल स्क्रिनसम्मले ’खुस्मा’को शो थपेको देख्न सकिन्छ । बिहीबार करिब दुई सय शो पाएको सिनेमाले शुक्रबारका लागि तीन सय आसपासमा शो पाउने देखिएको वितरक गोविन्द शाही बताए । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथले सिनेमाको शनिबारको व्यापार आक्रामक हुने विश्वास वितरकको छ ।

यो चलचित्रमा धिरज र उपासनासँगै लवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।