भिडियोमा अन्जुले ल्याईन तिमीसँगै


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज

गायिका अन्जु श्रेष्ठको स्वरमा नयाँ गीत तिमीसंगै…को भिडियो बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको यो गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा रहेको छ ।

चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् । दशैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

सार्वजनिक भएपछि सकारात्मक प्रतिकृया सहित अगाडी बढिरहेको यस गीतकी गायिका अन्जु श्रेष्ठ नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समय देखि सक्रिय गायिका हुन् । कलानिधि संगीत महाविद्यालयबाट शास्त्रिय संगीतको अध्ययन गरेर नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत ’रातो साडी’ हो ।

हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी उनले एक दशक लामो औपचारिक संगीत यात्रामा विभिन्न चर्चित कलाकारहरुसंग सहकार्य गरेकी छन् । आधुनिक, पप, देशभक्ती, गजल, लोक आधुनिक लगायतका विभिन्न विधाका गीतहरुमा आवाज भरेकी श्रेष्ठका केही गीतहरुमा आफ्नै शब्द तथा अभिनय समेत रहेका छन् । विभिन्न अवार्ड प्राप्त गायिका श्रेष्ठका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।