ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भदौ
चलचित्र रावायणका मुख्य कलाकार आज मँगलबारबाट देश दौडाहामा निस्किएका छन् । यो चलचित्र २१ भदौ शुक्रबारबाट देशव्यापी रिलिज भएको हो । काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो ।
पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले मँगलबार नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गर्ने यसका निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन् । थापाका अनुसार फिल्मको टिमले नेपालगन्जमा रहेको दुई सिनेमाघरमा दर्शक संगै बसेर फिल्म हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । फिल्मको टिमले नेपालगञ्जपछि भोलि बुधबार दाङ र पर्सी बिहीबार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । रावायणमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सुरुमा ‘एडल्ट’ सर्टिफिकेट पाएको फिल्मले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो ।