२५ दिनमा मै घर नम्बर २को छायाँकन सकियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

‘के घर के डेराको सफलता पश्चात निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको अर्को चलचित्र के घर के डेराः घर नम्बर २ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा यो फिल्मलाई २५ दिनसम्म खिचेको थियो । प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायांकन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

छायाँकन समापनसँगै यो चलचित्रको रिलिज मिति पनि तय भईसकेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा शरद श्रेष्ठ, किरण मजर्हन र राजीव श्रेष्ठको लगानी छ । वुद्धि सागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन् । फिल्मलाई काठमाडौंमा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।