कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा नेपालबाट अनिसा


ब्युटी न्युज नेपाल
काठमाडौंँ, २० भदौ

‘मिस प्लानेट २०२४’ कम्बोडियामा आयोजना हुने भएको छ । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि नेपालबाट अनिसा पराजुलीले प्रतिनिधित्व गर्ने भएकी छन् । उनी १८ नोभेम्बरमा कम्बोडिया उड्ने आयोजक पक्षले जनाएको छ ।

अनिसा केही अगाडि काठमाडौंँमा सम्पन्न नर्सहरु सहभागी सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस’को फस्टरनर पप विजेता हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् ।

प्रतियोगीताका लागि उनी यतिबेला बिभिन्न प्रशिक्षणको तयारीमा छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बि धेरै भएकोले प्रतियोगीतामा ‘नेसनल कस्ट्युम’ बुद्धको थिममा बनाउने उनले बताएकी छिन् ।

नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् ।

प्रतियोगीतामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । वीर नर्सिङ क्याम्पसमा माष्टर अध्यायनरत अनिसा पेशाले मनोचिकित्सा नर्स भएकोले पनि उनले राम्रो उपलब्धि हासिल गर्न सक्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । मिस प्लानेटको यो बर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ ।