लमजुङ कलाकार समाजद्धारा तीज शुभकामना कार्यक्रम आयोजना


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ भदौ

लमजुङ कलाकार समाजले मँगलबार काठमाडौंमा तीजको शुभकामना आदनप्रदान, दरखाने तथा साँगीतिक आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । चेलिबेटी कलाकारलाई लक्षित गरेर आयोजित यो कार्यक्रमका प्रमुख अतिथि बरिष्ट गायक कृष्ण गुरुङ थिए । कार्यक्रममा अन्य जिल्लाका चलचित्रर्मी तथा राष्ट्रिय कलाकारहरु पनि अतिथि थिए ।

समाजका महासचिब रमेश परियारले सञ्चालन गरेको सो कार्यक्रममा सबैलाई तीजको शुभकामना दिँदै प्रमुख अतिथि कलाकार गुरुङले यो समाज गठनले लमजुङक कलाकारलाई सँयुक्त रुपमा अघि बढ्न अझ प्रेरणा मिलेको उनले बताए ।

कार्यक्रममा बोल्दै लमजुङ कलाकार समाजका अध्यक्ष एवम् चलचित्र तथा भिडियो निर्देशक उमेश गुरुङले लोक संगीतको भूमि लमजुङ भएको बताउँदै जिल्लामा मात्र नभएर त्यहाँका गीत संगीतलाई आफुहरुले देश बिदेशमा बिस्तार गर्ने कार्य गर्दै आएको बताए । भोलीका दिनमा लमजुङका कलाकारलाई दुःखपर्दा समाजले मलमपट्टीको काम गर्ने बताए ।

समाजका पदाधिकारी तथा कलाकारले सो समारोहमा नृत्य एवम् गीत संगीत प्रस्तुत गर्दै दर खाएर तीजको शुभकामना आदन प्रदान समेत गरे । समाजले यस अघि पनि केही महिना अघि बृहत बनभोज कार्यक्रम आयोजना गरेको थियो । जसमा १० हजार रुपैयाँ सहित बरिष्ट कलाकार जुजु गुरुङलाई सम्मानित गरिएको थियो ।