वर एन्ड बधुको पोखरामा भव्य रेडकार्पेट प्रिमियर


‘निर्देशक चाम्सले चलचित्रको विषयवस्तु र निर्माणक्रममा भएका अनुभव दर्शकसँग बाँडे । उनले ‘बर एण्ड बधु’ रोमान्टिक लभ स्टोरीमा आधारित रहेको र युवापुस्तालक्षित गर्दै बढी ग्ल्यामर र मनोरञ्जनात्मक बनाइएको स्पष्ट पारे । ‘

ब्युटी न्युज नेपाल
काठमाडौं, ११ भदौ

चलचित्र ‘वर एण्ड वधु’को मँगलबार पोखरामा भव्य रेडकार्पेट प्रिमियर सम्पन्न गरियो । पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा फिल्मका कलाकारहरु सहभागी भए ।

निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की प्रिमियरमा सहभागी हुन पोखरा पुगेका थिए । पोखरामा आयोजित प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्देशक चाम्स उत्साहित छन् । फिल्मको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।

मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए । निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएपछि दर्शकले पनि यो फिल्मलाई मन पराउनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।निर्देशक चाम्सले चलचित्रको विषयवस्तु र निर्माणक्रममा भएका अनुभव दर्शकसँग बाँडे । उनले ‘बर एण्ड बधु’ रोमान्टिक लभ स्टोरीमा आधारित रहेको र युवापुस्तालक्षित गर्दै बढी ग्ल्यामर र मनोरञ्जनात्मक बनाइएको स्पष्ट पारे ।

यो चलचित्रकी अभिनेत्री आँचल शर्माले वर एन्ड बधुमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । नव अभिनेता विवेक कर्माचार्यले यो चलचित्र आफ्नो करियरको सुरुवातका लागि महत्वपूर्ण रहेको बताउँदै दर्शकसँग प्रेम र समर्थनको अपेक्षा गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल, कास्की अध्यक्ष प्रभु अधिकारीले कार्यक्रमले चलचित्र वर एन्ड बधुलाई एउटा स्थानमा पु¥याएको बताए ।

शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने र दर्शकले पनि फिल्म मन पराउने विश्वास गरिएको छ । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यो फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन् ।