ललितपुर सांस्कृतिक तथा व्यापार महोत्सबमा आज प्रमोद, महेश र अस्मिताको प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन

ललितपुरको धापाखेलमा जारी रहेको ‘ललितपुर सांस्कृतिक तथा ब्यापार महोत्सब–२०८१ आईतबार सम्पन्न हुँदैछ । गत ११ साउनदेखि सुरु भएको यो महोत्सबमा दैनिक विभिन्न चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

यसै क्रममा शनिबार सो व्यापार महोत्सबमा लोकप्रिय गायक प्रमोद खरेल, अर्का गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले आफ्ना गीत संगीत प्रस्तुत गर्ने भएका छन् । महोत्सब सँयोजक सुवास महतका अनुसार आज शनिबार बेलुका पाँचबजेबाट एक घन्टा भन्दा बढी समय प्रेमद खरेलको प्रस्तुति रहने छ । यस्तै अस्मिता र महेशले पनि आफ्ना चर्चित गीतबाट दर्शकलाई नचाउने छन् । महोत्सबको अन्तिम दिन आईतबार पनि चर्चित कलाकारहरुले यो महोत्सबमा आफ्ना गीत संगीत प्रस्तुत गर्ने महोत्सबमा कार्यक्रम सञ्चालक तथा गायक रमेश मेलोडीले जानकारी गराएका छन् ।

महोत्सबमा स्थानीय कलाकारहरुको नृत्य, प्रहसन पनि रहेको छ । आकर्षक झुला, पिङ, सस्तोमा विभिन्न सामग्रीको खरिद तथा विभिन्न मनोरञ्जनको व्यबस्था पनि रहेको आयोजक पक्षले जनाएको छ ।

कला संस्कृति संरक्षण ललितपुर, संयुक्त नेपाल मेला महोत्सब ग्रुृप प्रा.लि.को आयोजना तथा ललितपुर महानगर पालिका वडा नं. २३ र वडा नं. २४ को सह आयोजनामा यो महोत्सब भईरहेको छ । महोत्सबमा प्रवेश शुल्क एक सय रुपैयाँ मात्र राखिएको छ ।