अभियानको चौथो वार्षिक उत्सब सम्पन्न, उमा बनिन श्रावण क्वीन


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन

लायन्स क्लब अफ काठमाडौं अभियान र रोज ब्युटी एकेडेमीद्धारा काठमाडौंमा श्रावण क्विन–२०८१ आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौं अभियानको चौथो वार्षिक उत्सब (चार्टर नाईट) तथा श्रावण फेलोसिपको अबसरमा श्रावण क्विन२०८१ आयोजना गरिएको हो ।

रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन रोनी कारंजितको सँयोजनमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा लायन इन्टरनेशन ३२५ एलका गर्भनर सुमन भट्ट थिए । अभियानका अध्यक्ष निकुल गिरीको सभापतित्वमा भएको सो समारोहलाई गर्भनर भट्टले पानसमा बत्ती बालेर उद्घाटन गरे । कार्यक्रममा सहभागी तीन दर्जन महिलाहरुले हरियो पहिरनमा क्वाटवाक गरेका थिए ।

यो प्रतियोगितामा श्रावण क्विनको उपाधि उमा श्रेष्ठले, फस्ट रनरअपको उपाधि रिता राना (ऋतु)ले र सेकेन्ड रनरअपको उपाधि मञ्जु चौलागाईले हाँसिल गरे । सो कार्यक्रमको निर्णायकमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती, अभियानकी उपाध्यक्ष एवम् कस्मोलोजिट परिषी कारँजित थिए । यी तीन जनाले क्वाटवाक गर्दै श्रावण फेशन शोको शुभारम्भ गरेका थिए ।

समारोहका प्रमुख अतिथि गभर्नर सुमन भट्ट, फस्ट लेडी भावना भट्ट, फेलोसिफ चिफ सुनिल रत्न तुलाधर, डिस्ट्रिक एक्जुकेटिभ चिफ राज सिरोमणि तुलाधर, क्लब स्ट्रङ चिफ रेष्मा श्रेष्ठ, पर्मामेन्ट प्राजेक्ट चिफ एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजित, एक्ज्युकेटिभ चिफ केशब पौडेल, जोन चयर पर्सन नवराज आचार्य, अभियानका अध्यक्ष नकुल गिरी, कोषाध्यक्ष सुरेन्द्र गिरी, इभेन्ट डिरेक्टर धिरन तण्डुकार, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की बिजेता शर्मिला बुढाथोकी तथा विभिन्न अतिथिहरुले पनि कार्यक्रममा क्याटवाक गरे ।

सो क्याटवाक निकै रमाईलो भएका प्रमुख अतिथि एवम् गभर्नर सुमन भट्टले बताए । यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै महिला ससक्ति करणमा अझ मद्धत पुग्ने उनले बताए ।

पर्मामेन्ट प्राजेक्ट चिफ एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले सबैलाई स्वागत गर्दै रोजले बिगत एक दशकदेखि आयोजना गर्दै आएको साउन क्विन पछिल्लो चारवर्ष यताबाट अभियानको सहकार्यमा आयोजना गर्दै आएको जानकारी गराईन् । यस्तो कार्यक्रमले हाम्रो धर्म संस्कृतिको जगेर्ना हुने पनि उनले बताईन् ।

लायन्स क्लब अफ काठमाडौं अभियानका निर्देशन डब्बु क्षत्रीले सहजीकरण गरेको सो कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष नकुल गिरीले सामाजिक अभियानका लागि आफुहरुले यस्तो धेरै उत्कृष्ट कार्यक्रम गर्ने बताए ।

अन्त्यमा चौथो वार्षिक उत्सबको केक काटेर आपसमा शुभकामना आदन प्रदान गर्दै कार्यक्रम समापन भएको थियो ।