शब्द-तस्बिर : बद्री थापा/ब्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन
३० औं संस्करणको मिस नेपाल वल्र्ड २०२४ को उपाधि काठमाडौं निवासी २६ वर्षीया आस्माकुमारी केसीले जितेकी छन् । यसपटक ग्रान्ड फिनालेमा २६ जना प्रतियोगितहरु फाईनलमा उत्रिएका थिए । ती मध्य २५ लाई पछिपार्दै आस्माले शिर्ष उपाधि चुमेकी हुन् । उनी काठमाडौंमै सोसल वर्कमा ब्याचलरमा अध्ययनरत छिन् । मिस नेपालको ग्रान्ड फिनाले गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार साँझ भएको थियो । अब हुने ७२ औं मिसेस वल्र्डमा आस्मा नेपालको प्रतिनिधित्व गरेर भागलिने छिन् ।
शनिबार नै सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । उनले अब मिस अर्थमा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।
यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले हाँसिल गरेकी छिन् । तीन महिनापछि जापानमा हुने मिस इन्टरनेशलनमा करुणाले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छिन् ।
प्रतियोगितामा अन्य ११ वटा उपाधि पनि प्रदान गरियो । जसमा मिस फोटोजेनिक श्रद्धासुमन सिलवाल, फार्मेसी फेस अफ द इयर आस्मा केसी, मिस इन्टलेक्चुअल दीक्षा अवस्थी, ब्युटी विथ अ पर्पस एवम् मिस हाइजिन सुमना केसी, पपुलर च्वाइस अन्जना पुन, मिस फिटनेस ऊर्जा नेवा, हेल्दी स्किन सिम्रिका मानन्धर, मिस भिजिनरी साइरा खड्का, मिस कन्फिडेन्ट प्रेरभिता स्वार, ग्रीन भिजिनरी अम्बिका राणा, वुमन विथ द विंग्स किम्ती श्रेष्ठ घोषित भए । सेमिफाइनलमा पुगेका सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल भने शिर्ष तीन उपाधि चुम्बनबाट बँचित भए ।