चलचित्र ‘मोदीबेनी’ देशव्यापी रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ साउन

नेपाली चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए। यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन् ।

रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो ।

 यो चलचित्रमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।

शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।

चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। रोयल भीमसेनको पोस्टर डिजाइन, ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ ।