आर्यन, खगेन्द्रर निश्चल छानिए ‘घर नम्बर २’मा


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

फिल्म ‘के घर के डेराः घर नम्बर २’को निर्माण घोषणासँगै यसको कलाकार चयन तिब्रगतिमा भईरहेको छ । यो चलचित्रमा अभिनेता आर्यन सिग्देल, निश्चल बस्नेत र खगेन्द्र लामिछानेलाई अनुबन्धित गरिउको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए । फिल्मलाई यही बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।