’मोदीबेनी’का कलाकारहरू द्वारा बागमतीमा र्याफिट शुभारम्भ


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउत

चलचित्र मोदीबेनी यही १८ साउनबाट नेपालमा रिलिज हुँदैछ । यसै क्रममा चलचित्र मोदीबेनीका कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्याफिटको शुभारम्भ गरेका छन्।

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्याफिट गरेका थिए। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्याफिटको शुभारम्भ भएको हो।

अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन्। त्यस्तै, अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा नै र्याफिटको मज्जा लिन पाउँदा आन्तरिकसँगै विदेशी पर्यटकको लागि पनि आकर्षण हुन सक्ने बताए ।

बागमती सभ्यतालाई बचाउन नागरिकलाई जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष बागमतीमा र्याफिटको आयोजना हुने गर्छ, जहाँ सयौँ जनाले एकसाथ र्याफिट गर्ने गर्छन्। आइतबारदेखि थापाथली देखि चोभारसम्म सर्वसाधारणले पनि र्याफिट गर्न पाउनेछन्। यसको लागि विद्यार्थीलाई पाँच सय र अन्यलाई नौ सय रुपैयाँ तोकिएको छ।

काठमाडौंमा पनि र्याफिट नियमित हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए।

शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।