देबीको फस्ट लुक्स सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

चलचित्र ‘देवी’को पोस्टर सार्वजनिक गरेको छ । नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्केको यो चलचित्रमा शिर्ष भूमिका रहेको छ । यो चलचित्र भदौ २१ गते रिलिज हुनेछ ।

यो चलचित्रमा अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । सिनेमाकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई सिनेमाका निर्देशक हुन् ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमाले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

यसै सिनेमाबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो सिनेमाले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो सिनेमा बनाउने प्रयास गरेको बताए ।

सिनेमामा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । सिनेमामा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।