चोकोफिल नेशनल किड्स अफ द इयरका लागि पहिलो अडिसनमा ४० बालबालिका छानिए


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिको लागि इभेन्ट बेटल ग्यालेक्सीले आयोजना गर्दै आएको ‘नेशनल किड्स अफ द इयर–२०२४’ सिजन ६ को पहिलो असिडन काठमाडौंमा सम्पन्न भएको छ ।

कक्षा १ देखि ४ सम्मका जुनियर समुह र कक्षा ५ देखि कक्षा ८ सम्मका सिनियर समुहगरी दुई समुहको लागि अडिसन लिने कार्य अझै जारी छ ।

पहिलो अडिसनमा ५२ जना विधार्थीहरु सहभागी भएका थिए । जसमध्यबाट जुनियर र सिनियर गरी दुबै समुहको लागि ४० जना विधार्थीहरु चयन भएका छन् । अब यी ४० जनालाई फाईनलको लागि विभिन्न प्रशिक्षण सुरु गरिने यो प्रतियोगिताका आयोजक धिरज तण्डुकारले जनाएका छन् ।

यो प्रतियोगिताको लागि दोश्रो अडिसन यही आउँदो शनिबार साउन १२ साउन बिहान १० बजेबाट काठमाडौंको त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरको पाँचौ तलामा रहेको डि भ्याली रेष्टुरेन्टमा हुने छ । यो प्रतियोगिताको फाईनलका लागि ६० जनालाई मात्र प्रशिक्षणमा लिईने पनि आयोजक पक्षले जनाएको छ ।

यो प्रतियोगिताको फाईनल आगामी असोजमा आयोजना गरिने भएको छ । ‘नेशनल किड्स अफ द इयर–२०२४’ सिजन ६को अडिसनको उद्घाटन यही प्रतियोगिताको पाँचौ सिजनका बिजेताहरु आर्नभ श्रेष्ठ, साइरा भट्ट, लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले गरेका थिए ।

यो प्रतियोगिताको कोरियोग्राफी सोफिया महर्जन कार्की, स्वस्तिका राजभण्डारी, लिजा श्रेष्ठ र बरिष्ट कलाकार बीरेन्द्र हमालले गर्नेछन् । यो प्रशिक्षण हरेक शनिबार बिदाको दिन र अन्य सार्वजनिक विदाको दिन गरिने पनि आयोजक धिरज तण्डुकारले जानकारी गराए । उनका अनुसार फाईनलमा नेपालीसँगै बिदेशी निर्णायक पनि हुनेछन् ।