सौर्य एयरलाईन्सको जहान दुर्घटनामा १८ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

सौर्य एयरलाइन्सको कलसाइन ९ एन–एएमई जहाज आज बिहान ११ बजे दुर्घटनामा परेको हो । जसमा सवार १९जना मध्य १८ जनाले ज्यान गुमाएका छन् । यसपटक सौर्यका व्यवस्थापन टिमका उच्च अधिकारीहरू समेतको यो दुर्घटनामा ज्यान गएको छ । यो जहाजमा सवार भएका १९ जना मध्य १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।
यो दुर्घटनामा ज्यान गुमाउनेहरु यसप्रकार छन् :

१. सागर आचार्य (सेफ्टी प्रमुख)

२. अश्विनकुमार निरौला (सीएएमओ म्यानेजर)

३. दिलीप बर्मा (क्यूए प्रमुख)

४. यज्ञराज पौडेल (मर्मत म्यानेजर)

५. एस कटुवाल (को–पाइलट )

६. अमितमान महर्जन

७. सुदीपलाल जोशी

८. सर्वेस मरासिनी

९. श्याम बिन्दुकार

१०. नवराज आले

११. राजाराम आचार्य

१२. प्रिज्जा खतिवडा

१३. अधिराज शर्मा

१४. उद्धव पुरी

१५. मनुराज शर्मा

१६. सन्तोष महतो

१७. पून्यरत्न शाही

१८. एरिफ रेडा (विदेशी नागरिक)