सौर्य एयरलाईन्सको जहान दुर्घटना, दुई यात्रु मृत भेटिए,


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ साउन

काठमाडौँबाट पोखराका लागि आज विहान ११ बजे उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । सो जहाज उड्ने बित्तिकै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको बाहिरपट्टी जमिनका खसेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जनाएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

दुर्घटनापछि सो जहाल उद्धारको क्रममा जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेको जनाएका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।