जनचेतना जगाउँदै दुख्यो आमा ऐया ऐया गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

जनचेतना मुलक गीत दुख्यो आमा ऐया ऐयाको भिडियो सार्वजनिक गरिएको छ । चेलीबेटी बेचबिखन बिरुद्ध बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि यो गीतको भिडियो ल्याईएको हो ।

यो गीतलाई गायिका बेनिशा पौडेलले गाएकी छिन् । गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको सङ्गीत रहेको छ् । शब्द दीपिका भट्ट्ले लेखेकी हुन । यो गीतको मिक्सिङ, मास्टरिङ्ग एव्म एरेन्ज भने देबेश राइले गरेका हुन ।

रामशरण उप्रेतीले छायाँकन गरेको यो गीतको सम्पादक नहकुल खड्का हुन् । भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी, सन्जु खत्री लगायतका कलाकारअले अभिनय गरेका छन ।

दीपिका इन्टरटेन्टमेन्ट यु ट्युब च्यानल बाट रिलिज गरिएको गीतको शब्द निर्देशन एवम अभिनय दीपिका भट्टकै रहेको छ । दुख्यो आमा ऐया ऐया बोलको यो गीतले सामाजिक जागरण ल्याउन मद्दत पुग्ने निर्देशक दीपिका भट्ट बताउछीन् ।