तेल भिसाको छायाँकन ३५ दिनमा सकियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ साउन

नेपाली चलचित्र तेल तेल भिसाको छायांकन ३५ दिनमा सकिएको छ । यो चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । ब्रेकफेल, , बिरताको चिनो, ब्रेकफेलजस्ता चलचित्र निर्देशन गरेर १२ वर्ष अघि अमेरिका गएका शँकर फेरी यो चलचित्रबाट निर्देशनमा फर्किएका हुन् ।

यो चलचित्रको ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको थियो भने बाँकी ३० प्रतिशत छायांकन चितवनमा गरिएको हो । सिनेमाको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा सिनेमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिएकी थिइन् । यस्तै, सिनेमाले उठाएको विषयवस्तु गहन भएकाले आफु यो सिनेमा हेर्न समेत उत्सुक भएको बताइन् ।

मंसिर ७ बाट प्रदर्शनमा आउने तेल तेल भिसामा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा र बुद्धि तामाङको मुख्य भुमिका छ । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, अजय खड्काको सम्पादन रहनेछ ।