बर एन्ड बधुको तिमीसँगमा बिवेक आँचलको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौ, ६ साउन

निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग…’लाई आईतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ ।

यो चलचित्रलाई उनले आगामी १४ भदौमा नेपालमा रिलिज गर्दैछन् । युरोपिनय मुलुक रोमानियाँमा छायाँकन गरिएको यो चलचित्रका आईतबार सार्वजनिक गीतको सबैदृष्य पनि रोमानियाँमै छायाँकन गरिएको हो । छायाँकार सुदीप बरालले भिडियोलाई अत्यन्त सुन्दर रुपमा खिचेका छन् । रोमानियाँको सुन्दरताले भिडियो चित्ताकर्षक बनेको छ । भिडियो यतिसुन्दर बनेको छ की रोमानियाँको मोहित दृष्यले पटक पटक हेर्दा पनि धित मर्दैन ।

अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई भिडियोमा पूर्ण रोमाञ्चक भावमा उतारिएको छ । भिडियोको समापन निकटको एउटा दृष्यले सबैको मन तान्छ । जसमा एउटा सुन्दर मिनि स्विमिङ टपमा बिवेक र आँचलको रोमान्स लोभलाग्दो छ । यो दृष्य दिन अभिनेत्री आँचलले सुरुमा मानेकी थिईनन् । उनी सो क्रममा रोईन पनि । तर निर्देशक चाम्सले यो दृष्यलाई खिचेरै छाडे र दृष्य साँच्चै आकर्षक बन्यो । जुनकुरा अभिनेत्री आँचल आफैंले भिडियो सार्वजनिक कार्यक्रममा स्विकारिन् ।

यो गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी गरेका हुन् । कोरियोग्राफरले यो भिडियोमा अभिनेता अभिनेत्रीको पहिरनलाई निकै सुहाउँदो गरी समिश्रण गरेका छन् । एउटै डिजाईनको पाँच फरक रँगका गाउनमा प्रस्तुति भएकी आँचललाई साँच्चै सुन्दर देखिएकोृ छ । नवोदित अभिनेता बिवेक पनि त्यत्तिकै खुलेका छन् । कतै कतै भने उनी पूर्णरुपमा खुल्न नसकेको महसुस हुन्छ । तर रोमानियाँको सुन्दर दृष्यहरुले बिवेकको अभिनयलाई छोपेको छ ।

यो चलचित्रमा बिवेक र आँचलसँगै बिजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपानेलगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रकर्मी निर्माता जानुका थापा हुन् । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । यो चलचित्रमा सुदिप बरालको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्धन्द्ध निर्देशन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, प्रदीप भारद्धाजको लेखन रहेको छ । रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण बर एन्ड बधुलाई नेपालमा वितरण गर्नेछन् ।