तिज गीत तिते करेलीमा अमिलो ट्वाक्क सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

गायिका सुष्मा बीसी,प्रमोद भुषाल र देवी घर्तीले सँयुक्त स्वरमा नयाँ मौलिक तीज गित “तिते करेलीमा अमिलो ट्वाक्क“ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत प्रमोद भुषालले सृजना गरेका हुन् । जसमा कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको लय लेक कुमारी भुषालको रहेको छ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा बी.सी पछिल्लो समयकी चर्चित मोडल नारायणी खत्री, संचिता बोलाखे उमराज थापालगाएतले अभिनय गरेका छन् । प्रविन थापाले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्। प्रमोद भुषालको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।

यस अघि गायिका सुष्मा र प्रमोदले आफ्नो स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत “गठबन्धन” सार्वजनिक गरिसकेकी छिन् भने एकपछि अर्को तीज गीत सार्वजानिक गर्ने क्रममा छिन्।