बीरेन्द्रको निर्देशनमा दीपेन्द्रको नयाँ गीत जीन्दगी यो खेल जस्तैको फरक भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

निर्देशक तथा सम्पादक बीरेन्द्र भाट विपिनको निर्देशनमा नयाँ गीत जीन्दगी यो खेल जस्तै बोलको गीतको गीत भिडिय‍ो सार्वजनिक भएको छ । प्रवासमा बसेर गीत लेखनमा सक्रीय रहेका गीतकार दीपेन्द्र अधिकारीको शब्दमा यो गीत तयार भएको हो । गीतमा राजकुमार बगरको संगीत रहेको छ । गीतमा कमल सौरागले सङ्गीत संयोजन गरेका छन् भने द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईले स्वर दिएका छन्।

जसमा अजय रेग्मीको छायाङ्कन र लोकेश भाटको ग्राफिक्स रहेको छ । भिडिओमा सेलिब्रेटीको भूमिकामा गायक विनोद राई स्वयंले र षड्यन्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गरेका छन् भने सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ । भिडिओ रिलिज भएपछि युट्युवका धेरै दर्शकले क्रिकेटर सन्दिप लामिछानेको कथा जस्तै भएको प्रतिक्रिया दिएका छन् ।

फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका गीतकार दीपेन्द्र अधिकारीका यसअघि मनमोहक पोखरा, चुलबुल चुलबुल (मामा भाञ्जीको गीत), नेपालकी छोरी, जनताको मर्म, जीवनको रेल र फर्किन्छु यसपाली (दसैं–तिहार) शीर्षकका गीत सार्वजनिक भएका छन् । भिडियो पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्रयाप’ (महजाल) मा पारिएको कथामा आधारित छ। ‘जिन्दगी हो खेल जस्तै’ को भिडिओ प्रसिद्ध छायाकार, सम्पादक एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृश्य तथा रङ्ग सम्पादनमा तयार भएको हो ।

हामीले राखेको जिज्ञाशाको जवाफ दिँदै भिडियोका कथाकार एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ ले यो सन्जिब लामिछाने अथवा अन्य कोही पनि सेलीब्रेटी कसैको पनि कथा कथा नभएको स्पष्ट पार्दै नेपालमा यस्ता घटनाहरु धेरै घटिरहेको हुँदा दर्शकले कोही न कोही सेलिब्रेटीको घटनासँग दाज्नु स्वभाविक हो भनेका छन्। उनी भन्छन्– “यो एउटा सचेतनामूलक भिडियो हो। यसमा समाजका बिभिन्न क्षेत्रका प्रतिष्ठित पुरुषहरु खराब युवती र तिनीहरुलाई परिचालन गर्ने गिरोहका कारण बेला बेलामा हनी ट्रयाप मा पारिँदा राष्ट्रले ठूलो अपेक्षा गरेको व्यक्तिको जिन्दगी कसरी तहसनहस हुन्छ भन्ने कुरा देखाउन खोजिएको हो ।”