संविधानको धारा ७६(२) अनुसार केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउने तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत गुमाएसँगै उनी अल्मतमा परेका छन् । यसरी अल्पमतमा परेर दाहालले आफ्नो प्रधानमन्त्री पद गुमाएसँगै शुक्रबारबाटै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । जसका लागि काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा एमाले अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीलाई बहुमतको आधारमा प्रधानमन्त्री नियुक्ती गर्न देउवा र ओलीले सँयुक्त हस्ताक्षर गरेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निवेदनसमेत आजै पेश गरेका छन् ।

ओलीले संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन् । ओलीलाई आईतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी राष्ट्रपति कार्यालयबाट भईरहेको छ । आइतबार ओली प्रधानमन्त्री नियुक्त हुनेछन् ।

कांग्रेस र एमालेको १७ असारमा सँयुक्त सरकार बनाउने सहमति गरेका थिए । सोही सहमतिको आधारमा नयाँ सरकार गठन हुन लागेको हो । त्यतिबेला कांग्रेस र एमालेबीच धारा ७६ (२) अनुसार ओलीलाई दुई वर्षको लागि प्रधानमन्त्री सहित ओलीकै नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो ।

अहिले धारा ७६(२) अनुसार सरकार बनाउने विषयमा विवाद चर्किएको छ । पुष्पकमल दाहाल र उनको दल माओवादीले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । यो विवाद आएपछि आज शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले आधा दर्जन कानुन विद्धहरुसँग परामर्श लिए । सो परामर्शमा उनले ७६ (२) अनुसार सरकार बनाउने सुझाब प्राप्त गरे ।

यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरे । यस्तो दाबी पेश गर्न उनले पर्सी आइतबार साँझ ५ बजेसम्मको सम दलहरुलाई दिएका छन् ।

जबकी विगतको अभ्यास र सर्वोच्चको पछिल्ला फैसलाहरुले उपधारा २ कि ३ भन्ने बहस अहिले पनि चलिरहेको छ ।