गौरको गणपति बसमा ३१ जना चढेको थिए, हराएको मध्य केहीको नाम खुल्यो


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

आज विहान ३ः३० बजे चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने ठाउँमा पहिरोले पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको सो बसका टिकट बुकिङ इञ्चार्ज दीपु कुमारले बताएका छन् । काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।

उनका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना र थप दुई जना बीच बाटोबाट चढेर ३१ जना बसमा थिए । दीपकका अनुसार बसलाई किशोर कुमार चौधरीले चलाएका थिए ।
सो बसमा यात्रा गरेका यात्रुहरुमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल, ओकिल खान, नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायत रहेको दीपकले काटेको रसिदमा उल्लेख छ । बाँकी अरु यात्रीमा नन्दुको ५ जना, शन्भु र नवीनको नामबाट ४ रहेका छन् ।

यसैगरी जोरपाटी काउन्टरबाट सोझै ५ जना चढेको उल्लेख छ । ती ५ जनाको नाम उल्लेख गरिएको छैन । यी मध्य यो वसबाट तीन जना यात्रुले हाम फालेर आफ्नो ज्यान जोगाए । बाँकी २८ जना यात्रु र सिँगो बसको अझै अत्तोपत्तो छैन । सैनिक, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले हराएकाहरुको खोजी गरिरहेका छन् ।

यसैगरी बीरगञ्जबाट काठमाडौं आउँदै गर्दा पहिरोमा पुरिएको एन्जल डिलक्स बसमा वीरगञ्चबाट चालकसहित २४ जना यात्रु चढेको सो बसको टिकट काउन्टरले पुष्टी गरेको छ । प्रदेश ०३००६ ख १५१६ नं. को सो बसमा बीच बाटोमा यात्रु चढेका वा नचढेको भन्नेबारे आफुहरुलाई कुनै खबर नआएको पनि सो बसको बुकिङ काउन्टरले जनाएको छ । सो बसलाई चालक जवाहिर महतोले चलाएका थिए । बसमा केही भारतीय यात्रीहरु पनि थिए ।