पं.ज्यो.डा.रुद्रनाथ अधिकारीले सार्वजनिक गरे तीन कृति


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ असार

काठमाडौंमा एक समारोहबीच गीतकार पं.ज्यो.डा.रुद्रनाथ अधिकारीले आफ्ना तीन कृति एकसाथ सार्वजनिक गरेका छन् । डा.अधिकारीको तीन वटा कृति बुझ मायालु, यसपालिको तिजमा, यस्तै रहेछ भाग्य गीतको भिडियो सार्वजनिक गरिएको हो । जसलाई गीतकार एस.पी.कोइरालालगायतले डा.अधिकारीको तीनवटा गीतको श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको हो ।

कार्यक्रममा भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले गीतकार पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको बारेमा प्रष्ट पारेका थिए । रुपाखेतीले ज्योतिष एवं कर्मकाण्डीय कर्ममा प्रख्यात ज्योतिष डा.रुद्रनाथ अधिकारीको लेखन शैलीमा पनि अब्बल क्षमता भएको बताउँदै वेदवेदाङ्गदेखि साहित्य क्षेत्रमा पनि लोकप्रियता मिलोस् भन्ने शुभकामना दिएका थिए ।

गीतकार पं. ज्यो. डा. रुद्रनाथ अधिकारीले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले गरेको व्यक्तिको भविष्यवाणीसँगै देशको भविष्यवाणी पनि मिलिरहेको बताए । उनले ज्योतिष शास्त्र वैदिक परम्परासँगै संगीतको पनि जन्म भएको बताउँदै भगवान शिवबाट नै संगीतको पहिलो पादुर्भाव भएको उल्लेख गरे । भगवानबाट सुरु भएको ॐ शब्दबाट संगीतको सुरुवात भएको उल्लेख गर्दै ज्योतिष शास्त्रलाई गीतमार्फत प्रस्तुत गर्न जमर्को गरेको बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा प्रतिष्ठित गीतकार, कवि एस.पी. कोइरालाले पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको गीति लेखन पनि ज्योतिष विज्ञानमा प्राप्त गरेको लोकप्रियता जस्तै बनोस् भने शुभकामना दिएका थिए । कार्यक्रमलाई समापन गर्दै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले पं.ज्यो.डा. रुद्रनाथ अधिकारीको सिर्जनालाई सबैका सामु ल्याउने जिम्मा पाएकोमा गीतकार अधिकारीप्रति हार्दिक आभार प्रकट गरे । कार्यक्रमलाई संचारकर्मी सुमन पण्डितले सञ्चालन गरेका थिए ।