आर्जन पाण्डेको ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

गायक आर्जन पाण्डेले आफ्नो माधुर्य स्वरमा नयाँ गीत ‘सम्झनाले सताइरह्यो’को भिडियो सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियो युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् । सोमबार सार्वजनिक गरिएको गीतमा गायक आर्जनको स्वर, अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत र सन्दिप कार्कीको संगीत संयोजन रहेको छ ।

आधुनिक जनराको गीतको अडियोसँगै लिरिकल भिडियो सार्वजनिक गरिएको हो । स्टुडियो सागरमा रेकर्ड गरिएको गीतको लिरिकल भिडियो इभन भण्डारीले तयार पारेका हुन् ।

सन् २०१५ देखि गायनमा सक्रिय आर्जनका ‘ओइलिएर झर्न दिन्न’ ‘रेलिमाई’, ‘डलर’, ‘झुसे बारुलो’, ‘तिमीलाई हेरी हेरी’ लगायतका गीतहरु चर्चित छन् । उनले आधुनिक, पप, लोक पप, चलचित्रजस्ता विभिन्न विधाका गीतमा स्वर दिएका छन् ।