नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनमा नयाँ सरकार बनाउने तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

सोमबार अबेर साँझसम्मको बार्ता अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले आपसी गठबन्धनमा नयाँ सरकार बनाउने भएका छन् । नेपाली काँग्रेसका प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस अध्यक्ष शेरबहादुर देउवाबीच गठबन्धनको सरकारका लागि सहमति भएको हो । ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको विश्वकर्माले बताएका छन् ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको जानकारी दिए ।

त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको पनि बताईएको छ ।