सुनिल बने तेश्रो कमेडी च्याम्पियन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

हास्यप्रधान रियालिटी शो ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणमा काठमाडौँका सुनिल खड्का उत्कृष्ट भएका छन् । उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको उपाधि जितेका छन् । फाईनलमा पुगेका खड्काले अन्तिम प्रतिस्पर्धामा शनिवार बेलुका बाँकी दुई प्रतिस्पर्धी ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का ‘तेश्रो कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् ।

प्रतियोगितामा हाँस्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा थिए ।

विजेता घोषित भएसँगै सुनिलले २५ लाख रुपैयाँसहित विभिन्न उपहार जितेका छन् । फाईनलको लागि प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने ।