पाँचौं नेपाल आईडल करणलाई प्रधानमन्त्रीद्धारा गिटार उपहार


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

‘नेपाल आइडल ५’को उपाधि जितेका गायक करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिटार उपहार दिएका छन् ।

प्रधानमन्त्री दाहालले बुधबार परियारलाई आफ्नै निवास बालुवाटारमा बेलाएर बधाई दिए । उनले गायक करणको अनुभव र सफलताको कथा सुने । अन्त्यमा प्रधानमन्त्री दाहालले करणलाई गिटार उपहार दिएर विदा गरे ।

आफुले नेपाल आईडल हेरेको समेत प्रधानमन्त्री दाहालले करणलाई बताए । बेला बेलामा आफूले यस्ता खालका कार्यक्रमहरू हेर्ने गरेको पनि दाहालले जानकारी गराए । करण परियारको सांगीतिक जीवनको सफलताको शुभकामना समेत प्रधानमन्त्री दाहालले दिए ।

बर्दियाको सामान्य परिवारमा जन्मिएका करणले केही दिन अगाडि सम्पन्न ‘नेपाल आइडल ५’को टाइटल जितेका थिए ।