ओसिनले सञ्चालन गरेको इट्स माई शो प्रति सुरज सिंह ठकुरीद्धारा दुःख व्यक्त


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

कान्तिपुर टेलिभिजनमा प्रस्तोता सुरज सिंह ठकुरीले सञ्चालन गर्दै आएको प्रतिष्ठित कार्यक्रम ‘इट्स माई शो’ यतिबेला पछिल्लो एक एपिसोडबाटै ध्वस्त भएको छ । मोडल ओसिन सिटौलालाई यो कार्यक्रम सञ्चालन गर्न दिएपछि उनले दुई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्का मार्फत दुई अभिनेत्री, एक पूर्व मिस नेपाल र तीन अभिनेताको बौयक्तिक जीवनमा मानहानी पुर्याएकी छिन् । जसका कारण यतिबेला साम्राज्ञी र स्वस्तिमाले सर्वाधिक आलोचना खेप्नु परेको छ ।

निर्देशक कलाकार निश्चल बस्नेतसँगको विवाहपछि राष्टिय भाउजुको समेत सम्मान र उपमा दर्शकले स्वस्तिमालाई दिएका थिए । तिनै दर्शकले अहिले यी अभिनेत्रीलाई सभ्य र असभ्य दुबै भाषामा आलोचना गरेका छन् । साम्राज्ञीको आलोचना पनि रोकिएको छैन ।

यसैबीच २३ वर्ष कान्तिपुर टिभीमा काम गरिसकेका सुरज सिंह ठकुरीले ओसिन सिटौलाद्धारा सञ्चालित यो कार्यक्रम प्रति दुःख व्यक्त गरेका छन् । यस अघि यो शोलाई सुरजले निकै प्रतिष्ठित रुपमा सञ्चालन गर्दै आएका थिए । आफुले उचाईमा पुर्याएको शो गलत व्यक्तिको हातमा पर्दा माटोमा मिलेको महसुस सुरजले अहिले गरेका छन् । यस विषयमा उनले यस्तो टिप्पणी सामाजिक सञ्जालमा लेखेका छन्,‘सुरजले भनेका छन्, ‘भर्खरै कान्तिपुर टिभीमा सुरज सिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ । म स्पष्ट गर्न चाहन्छु– म अब कुनै पनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा ।’म यति मात्र भन्न चाहन्छु, मेरो २३ वर्षको समर्पण, इमान्दारी र मेरो ब्रान्डप्रतिको बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रुपमा म दुःखी छु’, ।

अहिले सर्वाधिक रुपमा यो कार्यक्रमको विरोध हुँदा समेत यो एपिसोडलाई न त कान्तिपुर टिभीले हटाएको छ । न त कुनै आधिकारिक अभिव्यक्ति दिएको छ ।