जेरी अन टपको फस्ट लुक्सले खुसी अनमोल लगत्तै स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्तिले दुःखी


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

आगामी साउनबाट छायाँकनमा जाने नेपाली चलचित्र ‘जेरीः अन टप’को सोमबार फस्ट लुक्स (पोष्टर) सार्वजनिक गरिएको छ । यो चलचित्रको शिर्ष अभिनेता अनमोल केसीलाई फस्ट लुक्समा एउटै पहिरन तर फरक भावभँगीमा समेटिएको छ । अभिनेता अनमोललाई खैरो जिन्सको ज्याकेट र पाइन्टका साथै पिंक कलरको टिसर्टमा यो फस्ट लुक्समा हँसिलो मुद्रामा प्रस्तुत भएका छन् । यसै साता फोटो सुट गरेर यो लचचित्रको फस्ट लुक्स सार्वजनिक गरिएको हो ।

यो चलचित्रमा अनमोलसँग जसिता गुरुङ र आँचल शर्माले अभिनय गर्दै छन् । चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । यतिबेला प्रदर्शन भईरहेको अनमोलको चलचित्र फर्की फर्कीको सफल निर्देशनसँगै सुयोगलाई यो चलचित्रको निर्देशन जिम्मा दिईएको हो । यस अघि आना शर्मा अभिनेत्रीको रुपमा यो चलचित्रमा अनुबन्ध भए पनि उनको ठाउँमा सुयोग र निर्माण पक्षले जसितालाई अनुबन्धित गरेको हो ।

यो चलचित्रलाई रोहित अधिकारी, सरोज न्यौपाने र दीपक भण्डारीले निर्माण गर्दै छन् । यो चलचित्रको अहिले अभिनय कार्यशाला चलिरहेको छ ।
यता जेरी अन टपको फस्ट लुक्स सार्वजनिक गरिरहँदा हिजो मात्र युट्युवमा सार्वजनिक गरिएको ओसिन सिटौला सञ्चालिन कान्तिपुर टेलिभिजनको कार्यक्रम ईट्स माई शोले अनमोल केसीलाई दुःखी बनाएको छ । ती नायिकासँग अनमोल केसीको नाम जोडेर अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले ओसिनसँग अनमोलको बारेमा धज्जी उडाएका छन् ।

अहिलेसम्म आफ्नो प्रेमिका नभएके दाबी गर्दै आएका अनमोलको व्यक्तिगत चरित्र हत्या हुनेगरी स्वस्तिमा र साम्रँज्ञीले नाम जोडेपछि अनमोल दुःखी भएका हुन् । आफ्नो चलचित्रको फस्ट लुक्स सार्वजनिक गर्दा पनि यो कारणले अनमोललाई अहिले दृुःखी बनाएको हो ।