राजेशपायलको ‘मनको सारङ्गी’ आयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

गायक राजेशपायल राईले आफ्नो नयाँ गीत ‘मेरो मनको सारङ्गी…’ दर्शकमाझ ल्याएका छन् । गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।

यो गीतलाई सरिता लिङ्देनले लेखेकी हुन् । गीतमा मन्जु मितेरीले संगीत सृजना गरेका छन् । गायक तथा संगीतकार बादल लिम्बुले गीतमा संगीत संयोजन गरेका हुन् । जसमा नेत्र नेपाली रेकर्डिस्ट रहेका छन् ।

यो गीतको भिडियोमा राजेशपायल राईले नै अभिनय गरेका छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीत र भिडियोलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन् ।