ब्युटी न्युज नेपाल
हेटौंडा, ३ असार
मिस्टर एन्ड मिस ट्यालेन्ट नेपालको दोस्रो सिजन सम्पन्न भएको छ । अमिर कला केन्द्रले मकवानपुरको हेटौंडामा यो कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा विद्यालय तहका बालबालिकाहरु सहभागी भएका थिए ।
सो प्रतियोगितामा ब्वाइजतर्फ तुलसी मेहर मेमोरियल स्कुलका दिवस गौली प्रथम भए भने नवोदय शिशु सदनका अर्नुज दवाडीले फस्ट रनरअप जित्दा सोलिड्यायरेटी इन्टरनेशनलका आरुश केसिले सेकेन्ड रनरअपको उपाधि जिते ।
यसैगरी गर्ल जुनियर तर्फ नवोदय शिशु सदनकी प्रेसा प्रधानले उपाधि जित्दा फस्ट रनरअप नवोदयकै प्रनिसा उप्रेती र सेकेन्ड रनरअप सोलिड्यायरेटीकी दृष्टी थिङ लामा भइन् ।
गर्ल्स सिनियर तर्फ सोलिड्यायरिटिकी आभा पाण्डेले उपाधि जित्दा सोलिड्यायरिटिकै सहिसा मानन्धर फस्ट रनरअप र दिव्यज्योति बोर्डिङ स्कुलकी ज्योती प्रजाले सेकेन्ड रनरअपको उपाधि जितिन् ।
प्रतियोगितामा अमिर बज्राचार्यले प्रोगाम अर्गनाइजरको भुमिका निर्वहा गर्दा भुवन भट्टराइले इभेन्ट म्यानेजमेन्ट र प्रकृति चौधरी, सुष्मिता राजभण्डारी तथा अलिना घिसिङले कोरियोग्राफर गरेका थिए । कार्यक्रममा नायक सविन श्रेष्ठ, कलाकार नानिकाजी डङ्गोल, पल्पसा डङ्गोल र सौगात कर्नजितले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको फाइनलमा चर्चित गायक धिरज राई र कमेडियन गोपाल ढकालले प्रस्तुति दिएका थिए । प्रतियोगीताले बालबालिकाको ट्यालेन्ट प्रस्फुटन हुने भएकोले आफूहरुले कार्यक्रमको आयोजना गरेको आयोजक अमिर बज्राचार्यले बताए ।