भत्केपाटी माछापोखरी टोल सुधार समितिद्धारा बृहत सरसफाई सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

काठमाडौंको किर्तिपुर स्थित भत्केपाटी माछापोखरी टोल सुधार समितिले बृहत सरसफाई तथा चेतनामुलक कार्यक्रम २०८१ सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष अमर खड्काको सभापतित्व तथा कर्तिपुर नगरपालिका वडा नं. ५ की वडा सदस्य पवित्रा बिष्टको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । किर्तिपुर नगरपालिकाको वडा नं. ४ र वडा नं.५ का पदाधिकारी तथा स्थानीय बासिन्दाको सहभागितामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

भत्केपाटी माछापोखरी टोल सुधार समिति सल्लाहकार बालकृष्ण माझी, जीतबहादुर बिष्ट, गणेश श्रेष्ठले कार्यक्रममा सरफाईबारे प्रकाश पारे । सो कार्यक्रममा समितिका उपाध्यक्ष एकराज केसी, सचिव रामप्रसाद पोखरेल, कोषाध्यक्ष उषा दाहाललगायत सम्पूर्ण सदस्यहरु, स्थानीय बासिन्दाहरुले सहिभागिता जनाउँदै टोलको बहृत सरसफाई गरेका थिए । विभिन्न चेतनामुलक गीत, संगीतको प्रस्तुति सहित सो कार्यक्रम आयोजना गरिएको थियो । अब हरेका महिना सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरिने भत्केपाटी माछापोखरी टोल सुधार समितिका सल्लाहकार बालकृष्ण माझीले कार्यक्रममा प्रकाश पारे ।